ताजा समाचार


२ जनाको सवारी पास लिएर १२ जना यात्रु बोक्ने सवारी चालक प्रहरी फन्दामा

 नेपाल बाहक    १४ जेष्ठ २०७७, बुधबार ०२:५०     420 जनाले पढ़िसके

रामेछाप । दुईजनाको सवारी पास लिएर १२ जना यात्रु बोक्ने सवारी र चालकलाई रामेछाप प्रहरीले पक्राउ गरेको छ ।
काठमान्डौ बाट रामेछाप आएको बा १ ज ६१७१ नम्बरको माइक्रोबस र चालक राजन खत्री रामेछाप प्रहरीले नियन्त्रणमा लिएको हो । काठमाडौंबाट चालक खत्रीले २ को लागि लिएको पासमा अगाडि १ थपेरे १२ जना लेखि किर्ते अनुमति बनाएका थिए।
काठमान्डौ देखि आए पनि उन किर्तेलाई सेलेघाट प्रहरीचौकीले पत्तालाएको हो ।
सो सवारी साधनलाई नियन्त्रणमा लिएपछि माइक्रोमा आएकालाई लिखुतामाकोसी गाउँपालिकाको क्वारेन्टिनमा राखिएको छ । गाडी र सवारीचालकलाई भने नियन्त्रणमा लिई आवश्यक कारबाही सुरु गरिएको रामेछाप प्रहरीले जनाको छ ।