ताजा समाचार


जिल्ला भित्रिनेको संख्या बढे संगै रामेछापमा क्वारेन्टिनमा बस्नेको संख्या बढ्यो

 नेपाल बाहक    १४ जेष्ठ २०७७, बुधबार १२:४३     345 जनाले पढ़िसके

रामेछाप । रामेछाप जिल्लामा पछिल्लो समयमा पछिल्लो समयमा जिल्ला भित्रिनेको संख्या बढे संगै क्वारेन्टिनमा बस्नेको संख्या बढेको छ । भारत लगाएतका अन्य क्षेत्रबाट आउने मानिसहरु चाप बढेसंगै क्वारेन्टिनमा बस्नेको संख्या पनि बढ्दै गएको हो । रामेछापमा अहिले १ सय २४ क्वारेन्टिनमा राखिएको छ । बुधवार सम्मा उमाकुण्ड गाउँपाकिलामा २२ , मन्थली नगरपालिकामा २९ , रामेछाप नगरपालिकामा ७ , गोकुलगंगा गाउँपालिकामा १७ , खाँडादेवी गाउँपालिकामा २० , सुनापति गाउँपालिकामा ४ , दोरम्बा गाउँपालिकामा ३ र लिखुतामाकोशी गाउँपालिकामा २२ जना गरी १ सय २४ जनालाई क्वारेन्टिनमा राखिएको स्वास्थ्य कार्यालय रामेछापका प्रमुख जितेन्द्र कुमार कर्णले बताए । क्वारेन्टिनमा बस्नेको संख्या बढेसंगै जिल्ला स्तरीय संकट व्यवस्थापन केन्द्रको मंगलबार बसेको बैठकले जिल्लाको ुसबै एक सय शैयाको क्वारेन्टि कक्ष स्थापना गर्ने निर्णय गरेको छ ।