ताजा समाचार


रामेछापमा ७ सय ७० जनाको आरडिटि र ४२ जनाको पिसिआर बिधिबाट कोरोना परिक्षण

 नेपाल बाहक    १४ जेष्ठ २०७७, बुधबार १३:१०     393 जनाले पढ़िसके

रामेछाप । रामेछाप जिल्लामा बुधवार सम्म ७ सय ७० जनाको आरडिटि र ४२ जनाको पिसिआर बिधिबाट कोरोना परिक्षण गरिएको छ । जिल्ला अस्पताल रामेछापका अनुसार हाल सम्म जिल्लामा महिला १२ जना र पुरुष ३० जनाको पिसिआर र १ सय ६७ जना महिला र ६ सय ३ जना पुरुषको आरडीटी प्रविधिबाट परीक्षण गरिएको हो । बुधवार सम्म मन्थली नगरपालिकामा ३ सय २५ आरडिटी,११ पीसीआर , रामेछाप नगरपालिकामा १ सय २२ आरडिटी , १४ पीसीआर , लिखुतामाकोशी गाउँपालिकामा ६ आरडिटी , सुनापति गाउँपालिकामा १ सय ३५ आरडिटी, २ पीसीआर ,दोरम्बा गाउँपालिकामा १५ आरडिटी , उमाकुण्ड गाउँपालिकामा १६ आरडिटी , गोकुलगंगा गाउँपालिकामा ७१ आरडिटी , खाँडादेवी गाउँपालिकामा ७६ आरडिटी,१५ पीसीआर र जिल्ला अस्पतालमा ५ जनाको कोरोना परीक्षण गरिएको छ ।