ताजा समाचार


कोरोना संक्रमितको संख्या १ हजार ४२ पुग्यो

 नेपाल बाहक    १४ जेष्ठ २०७७, बुधबार १३:३७     304 जनाले पढ़िसके

काठमाडौं। बिहिवार थप १५६ जना कोरोना संक्रमित थपिएका छन् । यो संगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या १०४२ पुगेको छ । नयाँ संक्रमण पुष्टि हुनेहरुमा दैलेखका आठ, कैलालीका दुई, दार्चुलाका एक, स्याङ्जाका तीन, नवलपुरका एक, धनुषाका २९, महोत्तरीका १७, सप्तरीका १४, मकवानपुरका एक, बर्दियाका तीन, बाँकेका एक, झापाका २५, सर्लाहीका सात, सिरहाका छ, रौतहटका २०, दोलखाका एक , सोलुखुम्बुका एक, बझाङका एक र सुर्खेतका १३ जना छन् । संक्रमितमध्ये ९४० जना पुरुष र १०२ जना महिला रहेका छन्।