ताजा समाचार


दिपावलि गरेर गणतन्त्र दिवश मनाउन रामेछाप प्रशासनको अनुरोध

 नेपाल बाहक    १५ जेष्ठ २०७७, बिहीबार ०१:२९     249 जनाले पढ़िसके

रामेछाप । जिल्ला प्रशासन कार्यालय रामेछापले दिपावलि गरेर गणतन्त्र दिवश मनाउन अनुरोध गरेको छ । जेठ १४, १५ र १६ गते गते मनाईने गणतन्त्र दिवसको अवसरमा दिपावली गर्न आग्रह गरेको हो । बुधवार जिल्ला प्रशासन कार्यलय रामेछापले एक सुचना जारी गरी जिल्लाका सबै सरकारी कार्यालय, स्थानिय तह, गैर सरकारी संस्था, राजनैतिक दल, उद्योगि ब्यपारी, नागरीक समाज, पत्रकार लगाएत आम नागरिकलाई नेपाल सरकारको निर्णय अनुसार जेठ १४, १५ र १६ गते तीन दिन साँझ दिपावली गर्न अनुरोध गरिएको छ । कोरोना भाइरसका कारण गणतन्त्र दिवसमा यो साल औपचारीक कार्यक्रम नहुने समते सुचना उल्लेख गरीएको छ ।