रामेछाप । रुकुम घटनाका दोषिलाई हदैसम्मको कारबाहि गर्न रामेछापका दलित अधिकारकर्मिको माग गरेका छन् । पश्चिम रुकुमको चौरजहारी नगरपालिका वडा नं ८ सोतीमा जातीय विभेदलाई लिएर ज्यानै जानेगरी भएको घटनाको तत्काल छानबिन गरी दोषीलाई कारबाही गर्न माग गरेका हुन् । आज रामेछापकि प्रमुख जिल्ला अधिकारी मार्फतलाई ज्ञापन पत्रमा त्रुझाई घटनामा परी ज्यान गुमाएकालाई साँस्कृतिक शहिद घोषणा माग गरेका छन् । रामेछापका दलित अधिकारकाकर्मिले संयुक्त रुपमा प्रमुख जिल्ला अधिकारी मार्फत गृहमन्त्री संग यस्तो माग गरेका हुन् ।
जिल्ला प्रशासन मार्फत गृहमन्त्रालयमा पठाईको ज्ञापनपत्रमा जिल्लामा रहेर काम गर्ने विभिन्न संघ संस्थामा आवद्ध २० जना दलित अधिकारकर्मीहरुले हस्ताक्षर गरेका छन् ।