रामेछाप । रामेछाप कारघारमा जेल जिवन बिताइ रहेका तिनजना कैदिको कैद मिनाह गरिएको छ । १३ औँ गणतन्त्र दिवसका अवसरमा भुक्तान गर्न बाकि कैद सजाय सरकारले मिनाहा गरिदिएपछि उनीहरु बिहिबार घर फकिएका छन् । जिल्ला कारागारका कार्यालय प्रमुख मात्रिका प्रसाद दाहालका अनुसार सवारी ज्यान मुद्दामा कैद सजाय भोगिरहेका दुई जना र आगलागी मुद्दामा कैद सजाय भोगीरहेका एक जनाको कैद सजया मिनाहा भएको जानकारी दिए ।