ताजा समाचार


रामेछापमा ८ सय २० जनाको आरडिटी र ४३ जनाको पीसीआरबाट कोरोना परीक्षण

 नेपाल बाहक    १६ जेष्ठ २०७७, शुक्रबार १३:१३     238 जनाले पढ़िसके

रामेछाप । रामेछाप जिल्लामा शुक्रवार सम्म ८ सय २० जनाको आरडिटी र ४३ जनाको पीसीआरबाट कोरोना परीक्षण गरिएको छ । २०७७ साल बैशाख २ गतेबाट हाल सम्म महिला १२ जना र पुरुष ३१ जनाको पीसीआर र १ सय ७४ जना महिला र ६ सय ४६ जना पुरुषको आरडीटी प्रविधिबाट गरिएको हो । अहिले सम्म गरिएको परिक्षणमा सबैको रिपोर्ट नेगेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय रामेछापले जनाएको छ । मन्थली नगरपालिकामा ३ सय २४ जना , रामेछाप नगरपालिकामा १ सय २२ जना , लिखुतामाकोशी गाउँपालिकामा ६ जना , सुनापति गाउँपालिकामा १ सय ३५ जना ,दोरम्बा गाउँपालिकामा १५ जना , उमाकुण्ड गाउँपालिकामा ६६ जना , गोकुलगंगा गाउँपालिकामा ७१ जना , खाँडादेवी गाउँपालिकामा ७६ जना र जिल्ला अस्पतालमा ५ जनाको आरडिटी परीक्षण गरिएकोे हो ।