ताजा समाचार


रामेछापमा क्वारेन्टीमा बस्नेको संख्या दैनिक बढदै

 नेपाल बाहक    १७ जेष्ठ २०७७, शनिबार १०:१४     317 जनाले पढ़िसके

रामेछापमा क्वारेन्टीमा बस्नेको संख्या दैनिक बढदै
रामेछाप । भारत लगाएत अन्य स्थानबाट जिल्ला भित्रिनेको संख्या बढे सङ्गै क्वारेन्टिमा बस्नेको संख्या वृद्धि भएको छ । रामेछापको ८ स्थानीय तहमा जम्मा १७० जनालाई क्वारेन्टाइनमा राखिएको जिल्ला स्वास्थ कार्यालय रामेछापले जनाएको छ । अहिले उमाकुण्ड गाउँपाकिलामा १५ , मन्थली नगरपालिकामा ४६ , रामेछाप नगरपालिकामा १९ , गोकुलगंगा गाउँपालिकामा १२, खाँडादेवी गाउँपालिकामा २३ , सुनापति गाउँपालिकामा ५ , दोरम्बा गाउँपालिकामा १६ र लिखुतामाकोशी गाउँपालिकामा ३४ जना गरी १ सय ७० जनालाई क्वारेन्टिनमा राखिएको जिल्ला स्वास्थ्य कार्यालय रामेछापले जनाएको छ ।