सुर्खेत । कोरोना भाइसरका कारण नेपालमा थप एक जनाको ज्यान गएको छ । दैलेखमा एक जनाको कोरोना भाइसरको कारण मृत्यु भएको पुष्टि भएको छ । यो संगै कोरोना भाइसरका कारण नेपालमा मृत्यु हुनको संख्या ७ पुगेका छ । दुल्लुस्थित विद्युत कार्यालयको क्वारेन्टिनमा शनिबार बिहान मृत्यु भएका युवकको रिपोर्ट पोजेटिभ आएको हो । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा पीसीआर विधिबाट गरिएको परीक्षणमा युवकको नतिजा पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य महाशाखा प्रमुख डा.लक्ष्मीनारायण तिवारीले बताए ।