काठमाडौं । जेष्ठ ३२ गते सम्म लकडाउन थप गर्ने मन्त्रिपरिषद् निर्णय गरेको छ । बिश्वभार फैलिएको कोरोना भाइसरको संक्रमण फैलिन नदिन पुन लकडाउन थप गरिएको हो । शनिबार बसेको मन्त्रिपरिषद् बैठकले लकडाउन लम्ब्याउने निर्णय गरेको हो । साथै हवाई उडान र अन्तराष्ट्रिय सीमा नाकाको आवागमन असार १६ सम्म बन्द हुनेछ ।
साथै बैठकले विदेशमा अलपत्र रहेका नेपालीलाई ल्याउने कार्ययोजना पनि स्वीकृत गरेको छ । सरकारले विदेशमा अलपत्र रहेका नेपालीलाई उनीहरु रहेको देशस्थित नेपाली दूतावासमा नाम दर्ता गराएर प्राथमिकताका आधारमा स्वदेश फर्काउने तयारी गरेको छ । नेपाल ल्याएपछि काठमाडौंका होटलमा १४ दिन क्वारेन्टाइनमा राखेर मात्र जिल्ला प्रवेश गराइने छ ।