ताजा समाचार


रामेछापमा ८ सय ३७ को आरडिटी र ४७ जानको पिसिआर बिधिबाट कोरोनाको परिक्षण

 नेपाल बाहक    १९ जेष्ठ २०७७, सोमबार ०९:३८     265 जनाले पढ़िसके

रामेछाप । रामेछाप जिल्लामा ८ सय ३७ जनाको आरडिटी र ४७ जनाको पिसिआर बिधिबाट कोरोनको परिक्षण गरिएको छ । सोमबार सम्म परिक्षण गरेका सबैको रिर्पोट नेकेटिभ आएको जिल्ला स्वास्थ्य कार्यलय रामेछापले जनाएको छ ।
रामेछाप जिल्लाका बिभिन्न स्थानिय तहम कोरोना भाइसरको परिक्षण गरिएको हो । सोमबार सम्म मन्थली नगरपालिकामा ११ , रामेछाप नगरपालिकामा १४ , सुनापति गाउँपालिकामा २ ,गोकुलगंगा गाउँपालिकामा ४, खाँडादेवी गाउँपालिकामा १५ र जिल्ला अस्पतालमा एक जानको पीसीआर परीक्षण गरिएकोे जिल्ला स्वास्थ्य कार्यलय रामेछापले जनाएको छ ।
भने मन्थली नगरपालिकामा ३ सय २४, रामेछाप नगरपालिकामा १ सय २४, लिखुतामाकोशी गाउँपालिकामा ११, सुनापति गाउँपालिकामा १ सय ३५ ,दोरम्बा गाउँपालिकामा १५ , उमाकुण्ड गाउँपालिकामा ६६ , गोकुलगंगा गाउँपालिकामा ७१, खाँडादेवी गाउँपालिकामा ८५ र जिल्ला अस्पतालमा ६ जनाको आरडिटी परीक्षण गरिएकोे छ ।