ताजा समाचार


जिल्लामा तत्काल क्वारेन्टिन बिस्तार गर्न मानव अधिकार संरक्षण सन्जाल रामेछापको माग

 नेपाल बाहक    १९ जेष्ठ २०७७, सोमबार ११:५४     363 जनाले पढ़िसके

रामेछाप । मानव अधिकार संरक्षण सन्जाल रामेछापले जिल्लामा तत्काल क्वारेन्टिनको बिस्तार गर्न माग गरेको छ । जिल्लामा भित्रिनेको संख्या बढेको भन्दै हाल जिल्लामा ३३१ मात्र क्वारेन्टिन रहेकाले थप गर्न माग गरेको हो । सोमबार सन्जालले निकालेको बिज्ञप्तिमा यस्तो माग गरिएको हो ।
मानव अधिकार संरक्षण सन्जाल रामेछापका संयोजक पाण्डव प्रसाई द्धारा हस्ताक्षर गरिएको सन्जाल प्रथामिक स्वास्थ्य केन्द मन्थलीमा स्वाव संकलन बुथ राख्न समेत माग गरिएको छ ।
सञ्जालले जिल्लाका सबै पालिकाको आइसोलेसनमा मापदण्ड अनुसार अक्सिजन सहितका आवश्यक उपकरण व्यवस्था गरी तयारी अवस्थामा राख्न स्थानीय प्रशासन, स्थानीय सरकार तथा स्वास्थ्य कार्यालयको ध्यानाकर्षण गराएको छ ।
विज्ञप्तिामा सदरमुकाम मन्थली बजारमा निषेधाज्ञाको समयमा बिहान सञ्चालन गरिने अत्यावश्यक सामाग्री बिक्रि गर्ने पसलमा सामाजिक दुरी कायम नभएको प्रति सञ्जालले ध्यानाकर्षण भएको जनाएको छ । सामाजिक दुरी प्रहरी आएर गराउने नभई व्यवसायी र उपभोक्ताले अपनाउनुपर्ने सावधानी भएको उल्लेख गर्दै सामाजिक दुरी कायम गरी खरिद बिक्रिको व्यवस्था मिलाउन टोलसुधार समिति, व्यसायी र उपभोक्ताको सञ्जालले ध्यानाकर्षण गराएको छ ।

त्यस्तै स्थानीय प्रशासनले बारम्बार सूचना जारी गरी सचेत गराउँदा पनि केही व्यवायीले लुकाई छिपाई तराईबाट आँप, अंगुर, स्याउ, केरा लगायतका फलफूल तथा तरकारी ल्याएर बिक्रि गर्ने गरेको पाइएको जनाउँदै त्यस्ता व्यवसायीको कारण रामेछापमा संक्रमण फैलिएमा स्थानीयवासीले माफि नदिने कुरामा सञ्जालले चेतावनी दिएको छ ।

आारडीटी बिधिबाट गरिने परीक्षणले गलत रिपोर्ट दिँदा समाजमा अनावश्यक अफवाह फैलाउने र मानिसमा तनाव समेत सिर्जना गरेकोले यसलाई तत्काल बन्द गरी पीसीआर बिधिबाट कोरोना परीक्षणको व्यवस्था मिलाउन पनि सञ्जालले सरोकारवालाको ध्यानाकर्षण गराएको छ ।