ताजा समाचार


रामेछापमा क्वारेन्टिमा बस्नेको संख्या २ सयको नजिक

 नेपाल बाहक    २० जेष्ठ २०७७, मंगलवार १०:३८     291 जनाले पढ़िसके

रामेछाप । रामेछाप जिल्लामा क्वारेन्टिनमा बस्नेको संख्या १ सय ९६ पुगेको छ । पछिल्लो समयमा रामेछापमा क्वारेन्टिमा बस्नेको संख्या बढ्दै गएको छ । भारत लगाएतका अन्य मुलुकबाट आउनुको संख्या बढे संगै क्वारेन्टिमा बस्नको संख्या बढेको हो ।
जिल्ला स्वास्थ्य कार्यलय रामेछापले दिएको जानकारी अनुसार उमाकुण्ड गाउँपाकिलामा १८ , मन्थली नगरपालिकामा ४७ , रामेछाप नगरपालिकामा २८ , गोकुलगंगा गाउँपालिकामा २३, खाँडादेवी गाउँपालिकामा २३ , सुनापति गाउँपालिकामा ५ , दोरम्बा गाउँपालिकामा १६ र लिखुतामाकोशी गाउँपालिकामा ३६ जना गरी १ सय ८६ जनालाई क्वारेन्टिनमा राखिएको छ ।
रामेछाप जिल्लामा १ सय ३९ जना सामुदायिक क्वारेन्टिन र ५७ जना होम क्वारेन्टिनमा बसेका छन् । भने कोरोना संक्रमणको सम्भावित जोखिमतालाई मध्येनजर गदैँ ७१ शैयाको आइसोलेशन कक्ष र ३ सय ३१ शैयाको क्वारेन्टिन कक्ष स्थापना गरिएको छ ।