ताजा समाचार


रामेछापमा ८ सय ३९ जनाको आरडिटी बिधिबाट कोरोना परीक्षण

 नेपाल बाहक    २० जेष्ठ २०७७, मंगलवार १०:५०     262 जनाले पढ़िसके

रामेछाप । रामेछाप जिल्लामा जेष्ठ २० गते सम्म ८ सय ३९ जनाको आरडिटी बिधिबाट कोरोना परीक्षण गरिएको छ । भने ४७ जनाको पिसिआर परीक्षण गरिएको छ । जिल्लामा महिला १३ जना र पुरुष ३४ जनाको पीसीआर र १ सय ७७ जना महिला र ६ सय ६२ जना पुरुषको आरडीटी बिधिबाट कोरोनाको परीक्षण गरिएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको जिल्ला स्वास्थ्य कार्यलय रामेछापले जनाएको छ ।
मन्थली नगरपालिकामा ११ , रामेछाप नगरपालिकामा १४ , सुनापति गाउँपालिकामा २ ,गोकुलगंगा गाउँपालिकामा ४, खाँडादेवी गाउँपालिकामा १५ र जिल्ला अस्पतालमा एक जानको पीसीआर परीक्षण गरिएकोे कर्णको भनाई छ । मन्थली नगरपालिकामा ३ सय २४, रामेछाप नगरपालिकामा १ सय २४, लिखुतामाकोशी गाउँपालिकामा ११, सुनापति गाउँपालिकामा १ सय ३५ ,दोरम्बा गाउँपालिकामा १५ , उमाकुण्ड गाउँपालिकामा ६८ , गोकुलगंगा गाउँपालिकामा ७१, खाँडादेवी गाउँपालिकामा ८५ र जिल्ला अस्पतालमा ६ जनाको आरडिटी परीक्षण गरिएको छ ।