ताजा समाचार


रामेछापमा क्वारेन्टिनमा बस्नेको संख्या २ सय भन्दा बढि

 नेपाल बाहक    २१ जेष्ठ २०७७, बुधबार ०८:३८     242 जनाले पढ़िसके

रामेछाप । रामेछाप जिल्लामा क्वारेन्टिनमा बस्नेको संख्या २ सय भन्दा बढि भएको छ । रामेछाप अस्पतालले दिएको जनाकारी अनुसार अहिलले रामेछापमा २ सय ३ जना क्वारेन्टिमा रहेका छन् । जिल्ला बहिरबाट आउनेको संख्या बढे संगै क्वारेन्टिनमा बस्नेको संख्या बढेको हो ।
जिल्ला स्वास्थ्य कार्यलय रामेछापले दिएको जानकारी अनुसार बुधवार सम्म मन्थली नगरपालिकामा ५१ जना, रामेछाप नगरपालिकामा २८ जना, सुनपाति गाउँपालिकामा ५ जना, खाडाँदेबिमा २३ जना, दोरम्वामा १६ जना, गोकुलगंगमा २३ जना, उमाकुण्डमा २१ जना र लिखुतामाकोसिमा ३६ जना क्वारेन्टिनमा रहेका छन् ।