ताजा समाचार


रामेछापमा ८ सय ४८ जनाको आरडिटि बिधिबाट कोरोना परिक्षण

 नेपाल बाहक    २१ जेष्ठ २०७७, बुधबार ०८:५३     346 जनाले पढ़िसके

रामेछाप । रामेछापमा ८ सय ४८ जनाको आरडिटि बिधिबाट कोरोना भाइरसको परिक्षण गरिएको छ । जिल्ला स्वास्थ कार्यलय रामेछापका अनुसार जेष्ठ २१ गते सम्म रामेछापमा १ सय ७८ महिला र ६ सय ७० जनाको पुरुषको आरडिटि बिधिबाट परिक्षण गरिएको हो । परिक्षण परिएका सबैमा कोरोना नेकेटिभ आएको रामेछाप अस्पतालका प्रमुख जितेन्द्र कर्णले बताउनु भयो ।
हाल सम्म रामेछाप नगरपालिकामा १३१ जना, मन्थलीमा ३२४ जना, खाडादेबि गाउँपालिकामा ८५ जना, जिल्ला अस्पताल रामेछापमा ६ जना, लिखुतामाकोसिमा ११ जना, सुनपातिमा १३५ जना ,दोरम्वामा १५ जना, गोकुुलगंगामा ७१ जना र उमाकुण्डमा ७० जनाको कोरोना परिक्षण गरिएको छ ।