रामेछाप । शुक्रवारबाट रामेछापमा होटल, हजाम र व्युटीपार्लर बाहेक सबै पसल खोल्न दिने निर्णय भएको छ । बिहिबार जिल्ला संकट व्यवस्थापन केन्द्रकोे बैठकले सो निर्णय गरेको हो । बैठकको निर्णय अनुसार किराना, कपडा, हार्डवेर, कस्मेटिक, कृषि औजार लगायतका पसल बिहानदेखि दिउँसो १ बजेसम्म सञ्चालन गर्नदिने निर्णय भएको रामेछापकि प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले जानकारी बताउनु भयो ।
यसरी सञ्चालनमा आउने पसलले व्यक्तिगत दुरी र अन्य सुरक्षाका उपाय भने कायम गर्नु पर्ने छ । हरेक पसलको बाहिर सेनिटाइजर , हात धुने साबुन पानी लगायतको व्यवास्थ गर्नुपर्ने छ । बजार खुलेसँगै स्थानीय प्रशासनले अनुगमनलाई पनि कडा गर्ने भएको छ । बजारमा मिसावट गरी सामान बिक्री गर्ने वा महंगो मुल्यमा सामान बिक्री गरेको पाइएमा पनि कारवाही हुने उहाँले बताउनुभयो ।