ताजा समाचार

रामेछापका १७ जनामा कोरोना संक्रमणको पुष्टि

 नेपाल बाहक    २३ जेष्ठ २०७७, शुक्रबार १३:२९     334 जनाले पढ़िसके

रामेछाप । रामेछापका १७ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ ।
धुलिखेल अस्पतालमा पीसीआर परीक्षण गरिएका १७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा जानकारी गराइएको छ । मन्त्रालयका अनुसार रामेछापको गोकुलगंगा गाउँपालिकाका ११ जना र लिखुतामाकोशी गाउँपालिकाका ६ जनामा कोरोना पुष्टि भएको हो ।
मन्थली नगरपालिकाका ९ जना रामछाप नगरपालिकाका ८ जना, दोरबा गाउँपालिकाका १० जना, लिखु तामाकोसी गाउँपालिकाका १८ जना र गोकुलगंगा गाउँपालिकाका १९ जना व्यक्तिहरुको स्वाब संकलन गरेर परीक्षणको पीसीआरका लागि पठाइएको थियो । मन्त्रालयका अनुसार रामेछाप स्थायी घर भई जुम्लामा कार्यरत एकजना पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।