रामेछाप । रामेछापमा पहिलो पटक भारतबाट आएका १७ जना कोरोना भाइसरको संक्रमित भेटिए पछि थप सर्तकता अपनाइने भएको छ । शुक्रवार रामेछापको लिखुतामाकोसि गाउँपालिकामा ६ जना र गोकुलगंगा गाउँपालिकामा ११ जनामा कोरोना भाइरस संक्रमित भेटिएका थिए ।
जिल्ला प्रशासन कार्यलय रामेछापले शुक्रवार राति एक सुचना जारी गदैँ संक्रमित बसेको क्वारेन्टिन र आसपासको क्षेत्रलाई स्वास्थ्य सतर्कताको लागि सिल गर्ने जनाएकोे । सुचनामा आसपासका क्षेत्रका बासिन्दाहरुलाई संममित र संर्तक रहन आग्रह गर्दै आपसपाका क्षेत्रको स्वास्थ्य संवेदनशिलतालाई मध्यनगर गरी ती स्थानमा एम्बुलेन्स बाहेकका कुनै पनि सवारी साधन सञ्चालन नहुने गरी प्रतिबन्ध लगालाउने भएको छ ।
रामेछापकि प्रमुख जिल्ला अधिकारी रुद्रा देबि शर्माले जारी गर्नु भएको सुचनामा संक्रमण फैलिन नदिन संक्रमित भेटिएको स्थानमा नेपाल प्रहरीले गस्ती गरिने उल्लेख गरिएको छ । भने संक्रमितको जिल्ला अस्पतालको आइसोलेसनमा राखि उपचार गरिने भएको छ ।
त्यस्तै रामेछापमा शनिबारदेखि अत्यावश्यक खाद्यान्न , दुध, फलफूल , तरकारी पसल , ग्यास डिपो बिहान ६ बजेदेखि १० बजेसम्म मात्रै खुलाउने पनि जिल्ला प्रशासन कार्यालय रामेछापले जानकारी दिएको छ । यस्तै बैंक , विक्तिय संस्था ,बिमा , धितोपत्र , सहकारीले अति आवश्यकीय सेवा प्रवाह गर्न आवश्यक कर्मचारीको एकतिहाई कर्मचारी मार्फत बिहाद १० बजेदेखी दिउँसो १ बजेसम्म सेवा संचालन गर्न पाउँने जिल्ला प्रशासन कार्यालयले निर्णय गरेको छ