ताजा समाचार


नेपालमा ३२ सय ३५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

 नेपाल बाहक    २४ जेष्ठ २०७७, शनिबार १३:२७     253 जनाले पढ़िसके

काठमाण्डौ । शनिवार थप तीन सय २३ जनामा कोरोना भाइरसको पुष्टि भएको छ । यो संगैँ नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ३ हजार २ सय ३५ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलका अनुसार शनिबार भेटिएका संक्रमित मध्ये दुई सय ८६ जना पुरूष र ३७ जना महिला छन् । देशका विभिन्न प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा उनीहरूमा पोजेटिभ देखिएको मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले जानकारी दिनुभयो ।