रामेछाप । शुक्रवार रामेछापमा भेटिएका कोरोना संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य रहेको जिल्ला स्वास्थ्य कार्यलय रामेछापले जनाएको छ । अहिले संक्रमित मध्ये १६ जनालाई जिल्ला अस्पताल रामेछापको आइसोलेसन वाडमा राखिएको छ । शुक्रवार रामेछापमा भारतबाट आएका १७ मा कोरोना भाइरसको संक्रमण भेटिएको थियो । संक्रमित मध्ये ११ जना गोकुलगंगा गाउँपालिकाका र ६ जना लिखुतामाकोसि गाउँपालिकाका रहेको छन् । गोकुलगंगाका गाउँपालिकाका एक जना संक्रमित सम्पर्क बिहिन भएका छन् । उनको खोजिकार्य जारी रहेको गोकुलगंगा गाउँपालिकका अध्यक्ष खड्क बहादुर सुनुवारले बताउनु भएको छ ।