रामेछाप । भारतबाट आएका १७ जना ब्यक्तिमा कोरोना पोजेटिभ देखिए पछि जिल्ला थप सर्तकता अनाइएको छ भने क्वारेन्टिन र आइसोलेस वडा समेत थप गरिएको छ । मन्थली नगरपालिकामा ३६, रामेछापमा १००, उमाकुण्ड गाउँपालिकामा ५३, खाडाँदेबिमा ४७, गोकुलगंगामा ३४, दोरम्वामा १६, लिखुतामाकोसिमा ४९ र सुनपातिमा २६ बेड गरी ३ सय ६१ वेडको क्वारेन्टि कक्षको निमार्ण गरिएको छ । भने जिल्ला अस्पताल रामेछापमा १७, तामाकोसि अस्पतालमा १४, रामेछाप सामुदायिक अस्पतालमा ४ , मन्थली नगरपालिकामा ४, रामेछाप नगरपालिकमा ३ , खाडादेबि गाउँपालिकामा ११ , गोकुलगंगामा ५, दोरम्वमा ७, लिखुतामाकोसिमा ३ र सुनपातिमा ६ बेडको आइसोलेसन वाडको स्थापन गरिएको रामेछाप अस्पतालले जनाएको छ ।