ताजा समाचार


रामेछापमा १ सय २६ क्वारेन्टिनमा र १६ जनालाई आइसोलेसन वाडमा

 नेपाल बाहक    २५ जेष्ठ २०७७, आईतवार १०:३४     324 जनाले पढ़िसके

रामेछाप । रामेछाप जिल्लामा १ सय २६ जनालाई क्वारेन्टिमा राखिएको छ भने १६ जनालाई जिल्ला अस्पताल रामेछापको आइसोलेसन वाडमा राखिएको छ । जिल्ला स्वास्थ्य कार्यलय रामेछापका अनुसार रामेछापमा १० जना महिला र ११६ जना पुरुषलाई क्वारेन्टिमा राखिएको छ । रामेछापमा शुक्रवार कोरोना भाइसरको पुष्टि भएका १७ जना पुरुष मध्ये १६ जनालाई रामेछाप अस्पतालको क्वारेन्टिमा राखिएको छ । भने एक जना संक्रमति सम्पर्क बिहिन भएका छन् । उनिको खोजि कार्यजारी राखिएको छ ।
आइतवार सम्म मन्थली नगरपालिकामा २५ जना, रामेछापमा १९ जना, उमाकुण्ड गाउँपालिकामा २१ जना, खाडादेबिमा ७ जना , गोकुलगंगामा १० जना , दोरम्वमा १० जना, लिखुतामाकोसिमा ३२ जना र सुनपातिमा २ जनालाई क्वारेन्टिमा राखिएका छ ।