ताजा समाचार


कोरोना भाइरस संक्रमितको संख्या ३४४८ पुग्यो

 नेपाल बाहक    २५ जेष्ठ २०७७, आईतवार १२:३२     192 जनाले पढ़िसके

काठमाडौं । आइतबार थप २१३ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । यो संगै नेपालमा संक्रमितको संख्या ३४४८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय जानकारी दिएको छ । आइतवार २ सय ९ जना पुरुष र ४ जना महिला संक्रमण पुष्टि भएको हो । हाल सम्म नेपालमा कोरोना भाइरस निको भएर ४६७ जना घर फर्किएका छन् भने १३ जनाको मृत्यु भएको छ ।