ताजा समाचार


सिन्धुलीमा करेन्ट लागेर एक जनाको मृत्यु

 नेपाल बाहक    २५ जेष्ठ २०७७, आईतवार १२:४७     662 जनाले पढ़िसके

सिन्धुलीे । सिन्धुलीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । सिन्धसलीको फिक्कल गाउँपालिका–३ का ३४ वर्षीय रामबहादुर मगरको करेन्ट लागेर ज्यान गएको सिन्धुली प्रहरीले जनाएको छ ।
अन्न पिस्ने मिल सञ्चालन गर्न आइतबार बिहान ४ बजे घरबाट निस्किएका मगरलाई ५ बजे मिलमा नै करेन्ट लागेर अचेत भएर ढलिरहेको अवस्थामा आफन्तले फेला पारेका थिए । उनको उपचारको क्रममा सुनकोशी सामुदाहिक अस्पताल खुर्कोटमा मृ त्यु भएको हो ।