रामेछाप । चितवनको बकुलहर चोकमा गोरखाको फुजेलका १७ वर्षीय कृष्णप्रसाद अधिकारीको तत्कालीन बिद्रोही माओवादीबाट हत्या भएको १६ वर्ष पुरा हुँदा पनि पीडित परिवारले न्याय नपाएको भन्दै अनौपचारिक क्षेत्र सेवा कन्द्र इन्सेकले न्यायको माग गरेको छ ।
इन्सेक बागमती प्रदेश कार्यालयले विज्ञप्ति निकाली सो माग गरेको हो । छोराको हत्यामा संलग्नलाई कारबाही गरि न्याय प्राप्तिका लागि पटकपटक आमरण बसेका अधिकारीका बुबा नन्दप्रसाद र आमा गंगामाया मध्ये बुबा नन्दप्रसादको अनशन बसेकै अवस्थामा मृत्यु भएको पाँच वर्ष पुग्दा समेत पीडितले न्याय नपाएको इन्सेकले जनाएको छ ।
इन्सेका प्रदेश संयोजक कृष्ण गैतमले अहिले पनि मृतककी आमा गंगामायाको न्यायको लाडाईँ जारी रहेकोमा त्यसमा इन्सेकको एक्यवद्धता रहेको जनाउनुभएको छ । मृतक नन्दप्रसादको शव अझै अस्पतालको शव गृहमा रहि अन्त्यष्टी समेत नभएको इन्सेकले जनाएको छ ।
यसैगरी चितवनकै बाँदरमुडेमा माओवादीले सार्वजनिक बसमा गराएको बम विस्फोटनमा परि मृत्यु भएका सर्वसाधारण र सुरक्षाकर्मीका परिवार तथा घाइते पििन १५ वर्षदेखि न्यायको पर्खाइमै रहेको इन्सेकले जनाएको छ ।
सशस्त्र द्वन्द्वको क्रममा पीडित भएका परिवारले वर्षैदेखि उठाइरहेको न्याय र परिपूरणको मागलाई विस्तृत शान्ति सम्झौता भएको १२ वर्ष भइसक्दा पनि सम्बोधन नगरेको प्रति इन्सेकको ध्यानाकर्षण भएको विज्ञप्तिमा उल्लेख छ ।
इन्सेकले सङ्क्रमणकालीन न्यायका लागि सरकारले सर्वोच्चको आदेश बमोजिम ऐन संशोधनको प्रकृया अगाडि बढाई अन्तराष्ट्रिय मापदण्डको ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन’ बनाई पीडितलाई न्याय दिन सरकारको गम्भीर ध्यानाकर्षण गराएको छ । लामो समयदेखि न्यायको पखाईमा रहेका द्वन्द्व पीडितहरूको न्यायको सुनिश्चिता गर्न समेत इन्सेकले माग गरेको छ ।