ताजा समाचार


कोरोना भाइरसका कारण थप एक जनाको मृत्यु : मृतकको संख्या १४ पुग्यो

 नेपाल बाहक    २६ जेष्ठ २०७७, सोमबार ०९:०९     254 जनाले पढ़िसके

काठमान्डौँ । कोरोना भाइरसका कारण थप एक जनाको ज्यान गएको छ । यो संगै नेपालमा कोरोना भाइरस कारण ज्यान गुमाउनेको संख्या १४ पुगेको छ ।
कोरोना सङ्क्रमण पुष्टि भएपछि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरामा आइसोलेशनमा राखिएका स्याङजा वालिङ नगरपालिकाका ६० वर्षका पुरुषको ज्यान गएको गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रममा प्रवक्ता डाक्टर विनोद विन्दु शर्माले जानकारी दिनुभयो ।