रामेछाप । रामेछापबाट भागेका कोरोना संक्रमित दोलखामा फेला परेका छन् । शुक्रवार कोरोना संक्रमणको पुष्टि भए पछि उनि सम्पर्क बिहिन भएका थिए । गोकुलगंगा गाउँपालिकाको क्वारेन्टिनमा बसेका ति संक्रमितलाई सोमरबार दोलखामा फेला परेको जिल्ला स्वास्थ्य कार्यलय रामेछापले जनाएको छ ।
उनलार्ए दोलखा जिल्लाको तामाकोशी गाउँपालिका च्यामाबाट नियन्त्रणमा लिइएको जनाकारी दिएको छ । च्यामाका स्थानीयले हिड्दै गरेका ती व्यक्तिलाई देखेपछि प्रहरीलाई खबर गरेको थिए । रामेछापबाट गएको प्रहरी टोलीले नियन्त्रणमा लिएर रामेछाप ल्याई अहिले जिल्ला अस्पतालको आइसोलेशनमा राखिएको जिल्ला स्वास्थ्य कार्यलय रामेछापका प्रमुख जितेन्द्र कर्णले जानकारी दिएका छन् ।