ताजा समाचार


रामेछापमा १४९ जनाको स्वाव संकलन  : १०१ नेकेटिभ, १७ पोजेटिभ र ३१ जनाको रिर्पोट आउन बाकिँ

 नेपाल बाहक    २६ जेष्ठ २०७७, सोमबार १२:२०     529 जनाले पढ़िसके


रामेछाप । रामेछाप जिल्ला १ सय ४९ जनाको स्वाब संकलन गरि कोरोना परिक्षको लागि पठाइएको छ । हाल सम्म पठाइएको स्वाबको परिक्षण गर्दा १सय १ जनाको नेकेटिभ आएको छ भने १७ जनाको पोजेटिभ र ३१ जनाको रिर्पोट आउन बाकिँ रहेको जिल्ला स्वास्थ्य कार्यलय रामेछापले जनाएको छ ।
जिल्ला स्वास्थ्य कार्यलय रामेछापले सोमबार जारी गरेको प्रेस बिज्ञप्तिमा मन्थली नगरपालिमा ४४ , रामेछाप नगरपालिमा ३० ,खाँडादेवी गाउँपालिमा १९ , गोकुलगंगा गाउँपालिमा २३ , दोरम्बा गाउँपालिमा १० ,लिखुतामाकोशी गाउँपालिमा १८ र सुनापति गाउँपालिमा ५ जनाको स्वाब संकलन गरी पीसीआर परीक्षणका लागि पठाईएको जनाइएको छ। भने सोमबार थप २९ जनाको स्वाब संकलन गरी पीसीआर परीक्षणका लागि पठाइएको बिज्ञप्तिमा उल्लेख गरिएको छ । गत शुक्रवार रामेछापमा कोरोना संक्रमण पुष्टि भएका १७ जनालाई जिल्ला अस्पतालको आइसोलेशनमा उपचार भैरहेको छ । अहिले उनिहरुको स्वास्थ्य अवस्था समान्य रहेको जिल्ला स्वास्थ्य कार्यलय रामेछापले जनाएको छ