रामेछाप । जिल्ला विपत व्यवस्थापन केन्द्र रामेछापले सोमबार जिल्लाको लिखुतामाकोसी गाउँपालिकामा निर्माण भएका क्वारेन्टिनको अनुगमन गर्नुका साथै क्वारेन्टिनमा बसेकासँग भेटघाट गरी उनीहरुको अवस्थाको बारेमा जानकारी लिएको छ ।
केन्द्रका संयोजक एवं प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माको नेतृत्वमा गएको टोलीमा नयाँ गोरख गण रामेछापका गणपति गणेश भण्डारी, जनपथ प्रहरीका प्रमुख डीएस्पी वसन्त पाठक तथा सशस्त्र प्रहरी रामेछापका प्रमुख डीएस्पी रमेश थापा, अधिकारकर्मी र पत्रकार समेतको टोलीले सो पालिको विभिन्न स्थानमा बनाएको क्वारेन्टिनको अनुगमन गरेको थियो ।
सो क्रममा क्वारेन्टिनमा बासेकालाई भेटी प्रमुख जिल्ला अधिकारी शर्माले नआत्तिई संयमित भएर क्वारेन्टिनमा बस्न आग्रह गर्नुभएको थियो ।
गाउँपालिका अध्यक्ष गोबिन्दबहादुर खड्का सहित निर्वाचित जनप्रतिनिधिलाई पनि भेटी उहाँले कोरोनालाई प्राथमिकतामा राखि काम गर्न तथा आगामि वर्षको बजेट बनाउँदा कोरोना मैत्री बजेट बनाउन अनुरोध गर्नुभएको थियो ।
टोलीले लिखु ३ जलविद्युत अयोजनाले गरेको कामको पनि अनुगमन गरेको थियो । आयोजनाका अधिकारीलाई काम लगाउँदा दुरी कायम गरी काम गराउन तथा श्रमिकको स्वास्थ्यमा ख्याल गर्न निर्देशन दिएको थियो ।