काठमाडौं । कोरोना भाइरसका कारण मंगलबार थप एक जनाको ज्यान गएको छ । यो संगै नेपालमा कोरोना कारण मृत्यु हुनको संख्या १५ पुगेको छ । सोमबार संक्रमण पुष्टि भएका भरतपुर महानगरपालिका–११ का ६८ वर्षिय पुरुषको मंगलबार बिहान मृ८त्यु भएको भरतपुर अस्पतालले जनाएको छ । सुगर, उच्चरक्तचाप र निमोनियाको समस्या भएपछि उनलाई शुक्रबार नारायणी सामुदायिक अस्पतालमा लगिएको थियो । शुक्रबार स्वाव संकलन गरिएकोमा हिजो मात्र उनको कोरोना रिपोर्ट पोजिटिभ आएको थियो । नारायणी सामुदायिक अस्पतालमा उपचार गराइरहेका उनमा संक्रमण देखिएपछि सोमबार बेलुका ७ बजे भरतपुर अस्पताल सारिएको थियोे ।