ताजा समाचार


रामेछापमा मंगलवार थप ७ जनाको आरडिटिबाट कोरोना परिक्षण

 नेपाल बाहक    २७ जेष्ठ २०७७, मंगलवार ०८:३३     292 जनाले पढ़िसके

रामेछाप । रामेछाप जिल्लामा मंलवार थप ३ जनामा आरडिटि परिक्षण गरिएको छ । उमाकुण्ड गाउँपालिकामा ४ र जिल्ला अस्पताल रामेछापमा ३ जनाको आरडिटि परिक्षण गरिएको जिल्ला स्वास्थ्य कार्यलय रामेछापले जनाएको छ । यो संगै रामेछापमा आरडिटिबाट ८ सय ६० जनाको कोरोना परिक्षण भएको जिल्ला स्वास्थ्य कार्यलय रामेछापले जारी गरेको बिज्ञप्तिमा उल्लेख गरिएको छ ।
मंगलवार सम्म रामेछापका बिभिन्न स्थानिय तहमा १ सय ७८ महिला र ६ सय ७२ जना पुरुषको आरडिटि परिक्षण गरिएका छ । रामेछापमा बैशाख २ गतेबाट आरडिटि परिक्षण सुरु गरिको हो ।
त्यस्तै रामेछाप जिल्लामा हाल सम्मा १ सय ५० जनाको स्वाव संकलन गरि परिक्षण गरिएकोमा १ सय १ जनाको रिर्पोट नेकेटिभ, १७ जनाको पोजेटिभ र ३२ जानको रिर्पोट आउन बाकिँ रहेको जिल्ला स्वास्थ्य कार्यलय रामेछापले आफ्नो बिज्ञप्तिमा उल्लेख गरेको छ ।