ताजा समाचार

सित्खा आँपचौर चुल्ठेपानी सडकको कालोपत्रे गर्ने काम सुरु

 नेपाल बाहक    २८ जेष्ठ २०७७, बुधबार ०७:३३     583 जनाले पढ़िसके

रामेछाप । लकडाउनकै बीचमा सुरक्षा सावधानिका साथ रामेछापको सित्खा आँपचौर चुल्ठेपानी सडकको कालोपत्रे गर्ने काम सुरु भएको छ ।
बागमती प्रदेश सरकारले उपलब्ध गराएको रकम एक करोड रुपैयाँबाट सो सडकको कालोपत्रे गर्ने काम सुरु भएको खाँडादवी गाउँपालिका–३ का वडाअध्यक्ष पुष्करकुमार कार्कीले जानकारी दिनुभयो ।
सो सडकले खाँडादेवीका साथै दोरम्बा गाउँपालिका तथा सुनापतिको केही भाग र खाँडादेवी मन्दिर जान समेत सहज हुने कार्कीले बताउनुभयो ।
यस वर्षबाट सुरु भएको सकड पिच गर्ने कामले आउने आर्थिक वर्ष पनि निरन्तरता पाउने उहाँको भनाई छ । सय वर्ष सानो बजेटबाट काम सुरु भएको भए पनि प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्रीलाई यस बारेमा जानकारी गराएको र बजेटलाई निरन्तरता दिन आश्वसान दिनुभएको उहाँले जानकारी दिनुभयो ।
यसै बिच सो सडकको जिल्ला स्तरीय टोलीले अनुगमन समेत गरेको छ । जिल्ला समन्वय समिति प्रमुख प्रेमबहादुर खड्काको नेतृत्वमा गएको गाउँपालिका अध्यक्ष प्रेमबहादुर तामाङ तथा प्राविधिक सहितको टोलिले सो कामको स्थलगत अनुगमन गरेको थियो ।