रामेछाप । रामेछाप जिल्लामा एक सय ३२ जनालाई क्वारेन्टिमा राखिएको छ । एक सय २३ जना पुरुष र ९ जना महिलालाई जिल्ला अस्पताल रामेछापको क्वारेन्टि र स्थानियतहले निमार्ण गरेका क्वारेन्टिमा राखिएको छ ।
बुधवार जिल्ला स्वाथ्य कार्यलय रामेछापले जारी गरेको विज्ञप्तिमा मन्थली नगरपालिकामा ३३ जना,रामेछापमा १९ जना, उमाकुण्ड गाउँपालिकामा २५ जना, गोकुुलगंगामा २५ जना, दोरम्वाम ९ जना, लिखुतामाकोसिमा १९ जना र सुनपातिमा २ जनालाई क्वारेन्टिमा राखिएको उल्लेख गरिएको छ ।
भने रामेछापमा आठ सय ६० जनाको आरडिटि परिक्षण गरिएको छ । स्वास्थ्य कार्यलय रामेछापका अनुसार बुधवार मात्रा जिल्ला स्वाथ्य कार्यलय रामेछापमा ५ जनाको आरडिटि परिक्षण गरिएको छ । जसमा छ सय ८२ जना पुरुष र एक सय ८७ जना महिला रहेको जिल्ला स्वाथ्य कार्यलय रामेछापको बिज्ञप्तिमा उल्लेख गरिएको छ ।