काठमाडौं । बुधवार थप २ सय ७९ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । यो संगै नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या चार हजार ३६४ स्वास्थ्य मन्त्रालयको नियमित ‘प्रेस ब्रिफिङ’ जानकारी गराइएको छ । कोरोनाबाट मृत्यु हुनेको संख्या १५ पुगेको छ । नेपालमा कोरोनाभाइरस संक्रमणबाट निको हुनेको संख्या ६७४ पुगेको छ । पछिल्लो २४ घन्टामा दुई महिलासहित ९० जना ‘डिस्चार्ज’ भएका उनले बताए ।