ताजा समाचार


अफ्रिकी मुलुक बुरुण्डीका राष्ट्रपति पियराको ५५ वर्षको उमेरमा निधन

 नेपाल बाहक    २८ जेष्ठ २०७७, बुधबार ११:४०     302 जनाले पढ़िसके

काठमाडौं । अफ्रिकी मुलुक बुरुण्डीका राष्ट्रपति पियरा कुरुन्जिजाको ५५ वर्षको उमेरमा निधन भएको छ । राष्ट्रपति पियराको हृदयाघातका कारण निधन समचारहरुमा बताइएको छ । स्वास्थ्यमा समस्या आएपछि शनिबार अस्पताल भर्ना गरिएको थियो । राष्ट्रपति पियराको उपचारकै क्रममा निधन भएको हो । राष्ट्रपति पियराको कोरोनाका कारण उत्पन्न स्वास्थ्य समस्याले गर्दा भएको आशंका गरेपनि सरकार आधिकारीहरुले यसलाई अस्वीकार गरेका छन् । राष्ट्रपति पियराको शोकमा बुरुण्डीमा सातदिने शोकको घोषणा गरिएको छ ।