ताजा समाचार

रामेछापमा एक सय ५० जनाको पिसिआर र आठ सय ६७ जनाको आरडिटि परिक्षण

 नेपाल बाहक    २९ जेष्ठ २०७७, बिहीबार ०९:४१     286 जनाले पढ़िसके

रामेछाप । रामेछाप जिल्लामा एक सय ५० जनाको पिसिआर र आठ सय ६७ जनाको आरडिटि परिक्षण परिएको छ । जिल्ला स्वास्थ्य कार्यलय रामेछापले जारी गरेको प्रेष बिज्ञप्ति अनुसार बिहिबार सम्म रामेछापा ६ सय ८८ जना पुरुष र १ सय ७९ जना महिलाको आरडिटि परिक्षण गरिएको हो भने १ सय ५० जनामा पिसिआर परिक्षण परिएको छ । पिसिआर परिक्षण गर्दा १ सय ४ जनाको नेकेटिभ, १७ जनाको पोजेटिभ र २९ जनाको रिर्पोट आउन बाकि रहेको बिज्ञप्तिमा उल्लेख गरिएको छ ।
त्यस्तौ रामेछापमा १ सय २४ जनालाई क्वारेन्टिमा राखिएको छ । विभिन्न ठाउँबाट आएका महिला ११ र पुरुष १ सय १३ जनालाई क्वारेन्टिनमा राखिएको छ । स्वास्थ कार्यलय रामेछापका अनुसार उमाकुण्ड गाउँपाकिलामा २५ , मन्थली नगरपालिकामा ३३ , रामेछाप नगरपालिकामा १९ , गोकुलगंगा गाउँपालिकामा २५ , दोरम्बा गाउँपालिकामा ३ र लिखुतामाकोशी गाउँपालिकामा १९ जना गरी १ सय २४ जनालाई क्वारेन्टिनमा राखिएको छ । कोरोना संक्रमणको सम्भावित जोखिमतालाई मध्येनजर गरी जिल्लामा ७४ शैयाको आइसोलेशन कक्ष र ४ सय २१ शैयाको क्वारेन्टिन कक्ष स्थापना गरिएको छ ।