बन्दाबन्दिको उल्लङ्घन गरेपछि युक्रेनी राष्ट्रपति भोलोदमिर जेलेन्स्कीले जरिबाना तिरेका छन् । जुन ३ तारिखको दिन खेम्लेन्स्के शहरको एक क्याफेमा जाँदा जरिबाना तिरेको युक्रेनी प्रधानमन्त्री जेलेन्स्कीले बताउनु भयो। क्याफेमा गएको केही समयपछि उनको कार्यालयले क्याफेमा कफी पिइरहेको उनको फोटो सार्वजनिक गर्यो, त्यो समय क्याटरिङ सेवामा प्रतिबन्ध यथावत् थियो । साथै राष्ट्रपति जेलेन्स्कीले मुखमा मास्क पनि लगाएका थिएनन् ।