काठमान्डौँ । बिहिवार थप २ सय ५० जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ४६ सय १४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका जनाएको छ ।
मन्त्रालयका अनुसार विगत २४ घण्टामा १ सय ८७ जना डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेको संख्या हालसम्म ८ सय ६१ पुगेको छ ।