काठमान्डौँ । बिश्व बैकंद्धरा नेपाल सरकारलाई ५४ अर्ब ऋण स्वीकृत गरेको छ । सडक सुधार एवं सुरक्षा कायम गर्दै बृहत्तर सीमापार व्यापारको माध्यमबाट कोभिड–१९ को महामारीपछिको आर्थिक स्थितिको पुनर्बहालीको लागि मार्ग निर्धारण गर्न तथा विशेषगरी महिलालाई रोजगारीको अवसर प्रदान गर्ने परियोजनाको निम्ति बैंकले रकम आज स्वीकृत गरेको हो ।
नागढुङ्गा–नौबिसे–मुग्लिन सडकखण्डको सुधार तथा कमला–ढल्केबर–पथलैया सडकको स्तरोन्नतिको निम्ति स्वीकृत रकमबाट नेपालको रणनीतिक सडक सम्पर्क तथा व्यापार सुधार परियोजनाका साथै क्षेत्रीय सडक सम्पर्क बढ्ने विश्वास बैंकले व्यक्त गरेको छ ।