सिन्धुली । जिल्लामा किटको अभावका कारण कोरोना परिक्षणमा अवरोध भए पछि स्थानिय सरकार आफै किट खरिदकारी स्वाव संकलनमा जुटेका छन् । भारत लगाएत तेस्रो मुलुकबाट जिल्ला आउनेको संख्या बढे पछि किटको अभाव हुदैँ गएको हो । अहिले सिन्धुलीमा ८० जना व्यक्ति क्वारेन्टिमा राखिएको छ ।
सिन्धुलिको मरिण गाउँपालिका, हरिहरपुरगढी गाउँपालिकाल, कमलामाइ नगरपालिका, दुधौली नगरपालिका, गोलन्जोर गाउँपालिका, तिनपाटन गाउपालिकाले किट खरिद गरेका जिल्ला स्वास्थ्य कार्यालय सिन्धुलीले जनाएको छ । समुदायमा कोरोना संक्रमण फैलिन नदिन स्थानिय सरकार आफै किट खरिद गरेको मरिण गाउँपालिका अध्यक्ष पानीराज बम्जनले बताउनु भयो ।
सिन्धुलीमा अहिले सम्म ३ जनामा कोराना भाईरस सं क्रमण पुष्टी भएको छ । थप किटको लागि केन्द्र र प्रदेश सरकारसँग ताकेता गर्दै आएको जिल्ला स्वास्थ्य कार्यालय सिन्धुलीका प्रमुख जितेन्द्र शाहले बताउनुभयो ।