रामेछाप । रामेछापका कृषकलाई ५० प्रतिशत अनुदानमा उन्नत बोयर जातको बोका बितरण गरिएको छ ।
प्रधानधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यन्वयन इकाई मन्थली रामेछापले बाख्रा जोन क्षेत्र सुचिकृत भएका मध्ये ३० वटा निजी फर्म, कृषि सहकारी तथा समूहलाई बोयर जातको बोका बितरण गरिएको हो ।
ब्यवसायिक बाख्रा पालनमा प्रोत्साहित गर्न र रामेछाप जिल्लालाई मासुमा आत्मनिर्भर बनाउन कार्यक्रम अघि बढाईएको परियोजना कार्यन्वयन इकाई रामेछापका बरिष्ठ कृषि अधिकृत होमनाथ लम्सालले बताए ।