ताजा समाचार


वीपी कोइराला प्रतिष्ठान रामेछाप द्घारा कृषकलाई कृषि औजर वितरण

 नेपाल बाहक    ३० जेष्ठ २०७७, शुक्रबार ०८:३९     478 जनाले पढ़िसके

रामेछाप । वीपी कोइराला प्रतिष्ठान रामेछापले रामेछापका कृषकलाई कृषि औजर वितरण गरेको छ । बिश्वभर फैलिएको कोरोना भाइरस कारण कृषक मारमा परेको भन्दै शुक्रवार मन्थलीमा एक सय भन्दा बढि कृषकलाई कृषि औजर उपलब्ध गराएको वीपी कोइराला प्रतिष्ठान रामेछापका अध्यक्ष रामकृष्ण खड्काले बताउनु भयो ।
‘बनाऔं कृषिमय परिवेश, बन्छ आत्मनिर्भर देश’ भन्ने नाराका साथ महामारी पछि देशमा भोकमारी आउन सक्ने भन्दै आसन्न खाद्य संकटलाई हामी आफैले टार्नु पर्छ भन्ने ध्येयले कृषि औजर वितरण गरिएको प्रतिष्ठानका महासचिव रत्नहरी ढुंगेलले जानकारी दिए । उनका अनुसार किसानहरुलई हलो, कोदालो,कोदाली, पिक, साबेल, ठेकी–मदनी, दुध दुहुने बाल्टिन, हँसिया लगायतका सामग्री वितरण गरिएको छ ।
सिमन्तकृत माझी समुदाय, दलित तथा विपन्न वर्गका किसानहरुलाई कृषि औजर वितरण गरेको प्रतिष्ठानले नेपाल पत्रकार महासंघ रामेछापलाई पनि एक सय थान नोजेबल फिल्टर माक्स हस्तान्तरण गरेको थियो । मन्थलीको वीपीचोकमा आयोजना गरि कृषि औजार वितरण हो