ताजा समाचार


रामेछापमा दुई सय ४० जनाको स्वाब संकलन : ८५ जनाको रिर्पोट आउन बाकिँ

 नेपाल बाहक    ३० जेष्ठ २०७७, शुक्रबार ०९:२१     274 जनाले पढ़िसके

रामेछाप । रामेछापमा जिल्लामा दुई सय ४० जनाको स्वाब संकलन गरिएको छ । शुक्रवार जिल्ला स्वाथ्य कार्यलय रामेछापले जारी गरेको पे्रस बिज्ञप्ति अनुसार आज मात्र ९० जनाको स्वाव संकलन गरिएकोमा १ सय ३८ जनाको रिर्पोट नेकेटिभ आएको छ भने १७ जनाको पोभेटिभ आएको छ । संकलन गरिएको स्वाब मध्ये ८५ जनाको रिर्पोट आउन बाकिँ रहेको बिज्ञप्तिमा उल्लेख गरिएको छ ।
त्यस्तै रामेछापमा ६ जना महिला र एक सय १२ जना पुरुषलाई क्वारेन्टिमा राखिएको छ । जिल्लामा २०७७ साल बैशाख २ गते देखि हाल सम्म १७९ महिला र ६८८ पुरुष गरि आठ सय ६७ जनाको आरडिटि परिक्षण गरिएको छ । भने रामेछापमा चार सय २१ बेडको क्वारेन्टि र ७४ बेडको आइसोलेसन कक्षको स्थापन गरिएको छ ।