काठमान्डौँ । नेपालमा शुक्रवार थप ४ सय ४८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । आज थप भएका संगैँ संक्रमितको संख्या ५ हजार ६२ पुगेको छ ।
शुक्रवार चार हजार सात सय नौ जना पुरुष र तीन सय ५३ जना महिला संक्रमणको पुष्टि भएको हो । विराटनगर अस्पतामा गरिएको परीक्षणमा नौ जना, शिक्षण अस्पतालमा गरीएको परीक्षणमा १० जना, भरतपुर अस्पतालमा भएको परीक्षणमा आठ जना र पाटन अस्पतालमा गरिएको परीक्षणमा एक जनामा कोरोना पोजेटिभ देखिएको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले बताउनुभयो ।
यस्तै वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ३१ जना, कोशी अस्पतालमा भएको परीक्षणमा १७ जना, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला पोखरामा ३७ जना र भेरी अञ्चल अस्पताल प्रयोगशालामा १६ जनामा कोरोना पोजेटिभ देखिएको हो । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा ३२ जना, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा २३, धुलिखेल अस्पतालमा आठ जना, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा आठ जना, प्रादेशिक अस्पताल प्रयोगशाला सुर्खेतमा ८३ जना, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा २४ जनामा पोजेटिभ दखिएको छ । भने राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा एक सय ४१ जनामा भाइरसको संक्रमण पुष्टि भएको हो ।