ताजा समाचार


रामेछापमा क्वारेन्टनमा बसेका २४ जना घर फर्किए, २ सय ४० जनाको स्वाव संकलन

 नेपाल बाहक    ३१ जेष्ठ २०७७, शनिबार १३:४२     261 जनाले पढ़िसके

रामेछाप । रामेछापमा क्वारेन्टनमा बसेका २४ जना घर फर्किएका छन् । परिक्षण गर्दा कोरोना नेकेटिभ आए पछि २४ जना घर फर्किएका जिल्ला स्वास्थ्य कार्यलय रामेछापले प्रेम बिज्ञप्ति जारी गरि जनाकारी दिएको छ । उमाकुण्ड गाउँपालिकाको क्वारेन्टिनमा बसेकालाई घर र्फकाइएको बिज्ञप्तिमा उल्लेख गरिएको छ ।
जिल्लामा हाल ९५ जना क्वारेन्टिमा रहेका छन् । उमाकुण्ड गाउँपाकिलामा १ , मन्थली नगरपालिकामा ३४ , रामेछाप नगरपालिकामा १४ ,गोकुलगंगा गाउँपालिकामा २५ , दोरम्बा गाउँपालिकामा ३ , उमाकुण्ड गाउँपालिकामा १ र लिखुतामाकोशी गाउँपालिकामा १८ जना गरी ९५ जना क्वारेन्टिनमा छन् । भने रामेछापमा शनिबार सम्म आठ सय ६७ जानको आरडिटि परिक्षण गरिएको छ । जिल्ला स्वास्थ्य कार्यलय रामेछापले जानकारी दिएको जानकारी अनुसार एक सय ७९ जना महिला र ६ सय ८८ जना पुरुषको परिक्षण गरिएको हो ।
त्यसै जिल्लामा २ सय ४० जनाको स्वाव संकलन गरिएको छ । स्वाव संकलन गरिएका मध्ये १ सय ४३ जनाको रिर्पोट नेकेटिभ आएको छ । १७ जनाको पोजेटिभ आएका छ भने ८० जनाको रिर्पोट आउन बाकिँ रहेको जिल्ला स्वास्य कार्यलय रामेछापले शनिवार जारी गरेको बिज्ञप्तिमा जनाइएको छ ।