ताजा समाचार

कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या १८ पुग्यो

 नेपाल बाहक    ३१ जेष्ठ २०७७, शनिबार १३:५२     200 जनाले पढ़िसके

काठमान्डौँ । नेपालमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या १८ पुगेको छ । पर्सामा गएको बिहीबार भेटिएको बेबारिसे शवमा र हिजो ज्यान गुमाएका बाराको निजगढका पाँच वर्षीय बालकमा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।