काठमान्डौँ । नेपालमा पाँच हजार तीन सय ३५ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । आज दुई सय ७३ जना कोरोनाका नयाँ बिरामी थपिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । आज विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा दुई सय ४७ जना पुरुष र ३६ जना महिला गरी दुई सय ७३ जना कोरोनाका नयाँ बिरामी थपिएका मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिनुभयो ।
आज रौटहतका ९२ जना, सुर्खेतका ४० जना, दैलेखका ३० जना, कपिलवस्तुका २० जना, बाँकेका १८ जना, रोल्पाका १७ जना, सर्लाहीका १३ जना, पर्सा र बर्दियाका ६र६ जना, झापा, रुपन्देही र कपिलवस्तुका पाँचरपाँच जना, मोरङ र पर्वतका चाररचार जना, दाङ र गुल्मीका दुईरदुई जना तथा बारा, नवलपसारी पश्चिम र महोत्तरीका एकरएक जना गरी दुई सय ७३ जना नयाँ बिरामी थपिएका हुन् ।