रामेछाप । रामेछाप जिल्लामा हाल सम्म ४ सय ५ जनाको स्वाव संकलन गरिएको छ । सोमबार स्वास्थ्य कार्यलय रामेछापले जारी गरेको बिज्ञप्ति अनुसार ३ सय ६५ जनाको रिर्पोट नेकेटिभ आएको छ । भने २३ जनाको पोजेटिभ र १७ जनाको रिर्पोट आउन बाकिँ रहेको छ ।
जिल्ला स्वास्थ्य कार्यलय रामेछापमा १७ जना, मन्थली नगरपालिकामा ६१ जना, रामेछाप नगरपालिकामा ५८ जना, उमाकुण्ड गाउँपालिकामा २४, खाडादेबि गाउँपालिकामा ३३ जना, गोकुलगंगा गाउँपालिकामा १०८ , दोरम्बा गाउँपालिकामा १२ जना, लिखुतामाकोसि गाउँपालिकामा ८५ जना र सुनपाति गाउँपालिकामा ८ जनाको स्वास्व संकलन गरि परिक्षण गरिएको बिज्ञप्तिमा उल्लेख गरिएको छ ।
रामेछापमा ९ जना कोरोन संक्रमितलाई आईसोलेसनमा राखीएको छ । जिल्ला स्वास्थ्य कार्यलय रामेछापको आइसोलेनमा ६ जना र लिखुतामाकोसिको आइसोलेसनमा ३ जनालाई राखिएको जिल्ला स्वास्थ्य कार्यलय रामेछापले जनाएको छ ।